पथरीशनिश्चरे नगरमा सुझाव सहितको अनुगमन - Crazysaptahik.com

पथरीशनिश्चरे नगरमा सुझाव सहितको अनुगमन

क्रेजी साप्ताहिक
पथरी । पथरीशनिश्चरे नगर क्षेत्रमा भएका विकास निर्माणका कामहरुलाई गुणस्तरीय बनाउन सुझाव सहितको अनुगमन भएको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट बास्तोला, प्रमुख प्रशासकीय अधिकृत अम्विकाप्रसाद धमला सहितको समिति सदस्यहरुको टोलीले आइतबार केही वडाहरुको योजना अनुगमन् गर्दै सुझाव दिएको हो ।

यस क्रममा पथरी डाइनिया सडकको कामलाई गुणस्तरीय रुपमा अघि बढाउन सुझाव दिइएको छ । त्यस्तैगरी, वडा नम्वर ६ को कोठेबारीमा पुल निर्माणको काम चाँडो सम्पन्न गर्न निर्देशन समेत दिइएको अनुगमन् संयोजक वास्तोलाले बताए ।

टोलीले वडा नम्वर ६ र ८ जोड्ने पुल निर्माण तथा ३ र ७ जोड्ने पुल निर्माण कार्य सुरु गर्न प्रारम्भिक अनुगमन गरिएको छ ।

यस अघि टोलीले डाँसखोला क्षेत्रमा बाढीले कटान गरेको ठाउँमा तत्काल तटवन्धका लागि स्काभेटर प्रयोग गरिएको सम्वन्धमा पनि अनुगमन् गरेको थियो ।

सम्बन्धित खवर