जोहोर दारुलसंग नेपाल पराजित - Crazysaptahik.com

जोहोर दारुलसंग नेपाल पराजित

विश्वकप छनौटको तयारीमा रहेको नेपालले मलेसियन क्लब जोहोर दारुलविरुद्ध खेलेको मैत्रिपुर्ण खेलमा १–० को हार ब्योहोरेको छ ।

सोमबार भएको खेलमा मलेसियन लिग च्याम्पियन दारुलले गरेको एक गोलनै निर्णायक बन्यो। नेपाल विरुद्ध खेलको तेस्रो मिनेटमा नै फ्रिकीक मार्फत दारुलले अग्रता बनाएको थियो । उसका लागि निकोलस अलबर्टो फर्नान्डेजले गरेको उत्कृष्ट फ्रिकीक नेपाली डिफेन्डर देवेन्द्र तामाङमा डिफ्लेक्ट भएर गोलमा परिणत भएको थियो ।

मलेसियाको लिग च्याम्पियन विरुद्ध सुरुवातमानै गोल खाए पनि नेपाली फुटबल टिम त्यसपछि सम्यमित बनेको थियो । खेलमा केही अवसरहरु पाएको नेपालले गोल गर्न भने सकेन् ।

मिडफिल्डर सुजल श्रेष्ठको कप्तानीमा पहिलो पटक मैदानमा उत्रिएको नेपाली टिमले दारुललाई खुलेर खेल्न दिएन । विश्वकप छनौट अन्तर्गत नेपाले पहिलो खेल कुवेतसँग १९ भदौमा अवे खेलका रुपमा प्रतिष्पर्धा गर्नेछ ।
–थाहाखबर

सम्बन्धित खवर