क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे मा एकै परिवारका सदस्यसहित ३ जनामा डेँगु फेला परेको छ । पथरी बजारको अन्नपूर्ण चोकमा एकै परिवार २ जना र सो घरको छिमेकमा बस्ने एकजनामा डेँगु भेटीएको हो ।
डेँगु भेटिएपछि स्थानिय युवााहरुले नगरप्रमुख दिलिपकुमार राई समक्ष डोगु नियन्त्रणका लागि औसधी छिट्नका लागि अनुरोध गर्दै निवेदन दिएका छन् । नगरमा यसअघि पनि डेँगुबाट पिडित हुनेहरुको सँख्या अत्यधिक थियो । निवेदन लिँदै नगरप्रमुख राईले डेँगु नियन्त्रणका लागि औषधि छिट्नु स्वास्थ्यका लागि प्रतिकुल भएका कारण सकभर वरपरको वातवरण र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बताए ।