नगरपालिका कार्यालयको जग्गा व्यवस्थापनमा पहल - Crazysaptahik.com

नगरपालिका कार्यालयको जग्गा व्यवस्थापनमा पहल


क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालय भवन तोकिएको ठाउँमा निर्माणका लागि जग्गा प्राप्तिको पहल भइरहेकोले सो को लागि ३ महिना समय थप गरिएको छ ।

नगरप्रमुख दिलिपकुमार राईको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले अदालतबाट तोकिएको ठाउँमा नगरपालिकाको नाममा जग्गा नभएकाले अन्यत्रको जग्गा सट्टा गरेर भएपनि त्यहाँ कार्यालयका लागि जग्गा व्यवस्थापनको प्रक्रिया अघि बढाउन समितिले काम गरिरहेको उल्लेख गरिएको छ । समितिले अवको ३ महिनाको अवधिमा तोकिएको ठाउँमा जग्गा व्यवस्थापन गर्न मन्त्रालयमा गएर सट्टाको प्रक्रिया अघि बढाउन गरेको माग बैठकले पारित गरेको प्रवक्ता यामप्रसाद गुरागाईंले बताए ।

यसका साथै बैठकले पशुसेवाका कार्यक्रम सार्वजनिकिरण, नगरसभाले पारित गरेका नीति कार्यक्रमलाई नगरपालिकाले स्वतः अघि बढाउने लगायतका विषयमा निर्णय भएको पनि उनले उल्लेख गरे ।

सम्बन्धित खवर