रवि लामिछानेसहित तीन जनालाई असोज ५ को तारेख, पक्राउ परेका प्रदर्शनकारीलाई छाडीयो - Crazysaptahik.com

रवि लामिछानेसहित तीन जनालाई असोज ५ को तारेख, पक्राउ परेका प्रदर्शनकारीलाई छाडीयो


क्रेजी साप्ताहिक
पथरी । सञ्चारकर्मि रवि लामिछाने सहित तीन जनाको पक्राउको विरोधमा गरिएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई प्रहरीले हिजो छाडेको छ । प्रदर्शनका क्रममा सोमबारसम्ममा ४८ जना पक्राउ परेका थिए । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेसहित तीनै जना सोमबार धरौटीमा रिहा भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार हिजो बिहानदेखि आफन्तको जिम्मामा उनीहरुलाई छाड्न शुरु गरिएको हो ।

यसैबीच पत्रकार पुडासैनी मृत्यु प्रकरणमा धरौटीमा रिहा भएका सञ्चारकर्मि रवि लामिछानेले हिजो चितवनमा पत्रकार सम्मेलनको आयोजना गरी अदालतको आदेश शिरोधार्य गर्दै अगाडि बढ्ने बताएका छन् । यस क्रममा आफूलाई साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद दिँदै उनले भविष्यमा राजनीतिमा लाग्न बाटो नरोकिएको बताए । सो मुद्दाको थुनछेक बहसका क्रममा सोमबार लामिछानेलाई रु पाँच लाख, युवराज कँडेललाई रु तीन लाख र अस्मिता भनिने रुकु कार्कीलाई शुद्ध तारेखमा अदालतले छाडेको थियो । उनीहरुको आगामी असोज ५ गते तारेख तोकिएको छ ।

सम्बन्धित खवर