क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं ३ मा वडा महिला समूहको आयोजनामा यस वर्षपनि सृजनात्मक तीज कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख यमुना विष्ट वास्तोला, वडाध्यक्ष डम्वार चेम्जोङ सहितका अतिथिले तीज गीतमा नृत्य गरेर कार्यक्रमको उद्घाटन् गरेका थिए ।
कार्यक्रममा बोल्दै उपप्रमुख वास्तोलाले महिलाहरुलाई खुसी र सृजनशीलन बनाउन यसखाले कार्यक्रम आवश्यक रहेको बताइन् । वडा महिला समूहले केही वर्ष यता लगातार तीजमा यसखाले कार्यक्रममार्फत महिलाबीचको नृत्य प्रतियोगिता नै सञ्चालन गर्दै आएको समूह अध्यक्ष भला रेग्मीले जनाइन् ।