गोरखापत्रमा राई समुदायको २५ भाषै समेट्न यायोक्खाको माग - Crazysaptahik.com

गोरखापत्रमा राई समुदायको २५ भाषै समेट्न यायोक्खाको माग


क्रेजी साप्ताहिक
पथरी । किरात राई यायोक्खाले गोरखापत्र दैनिकको भाषा पृष्ठमा राई समुदायको २५ वटै भाषा समेटेर प्रकाशन गर्नुपर्ने माग गरेका छ । यायोक्खाले बुधबार आयोजना गरेको भाषिक संस्थाको प्रतिनिधिहरुको बैठकले गोरखापत्र संस्थानसँग माग गर्ने निर्णय भएको हो ।

गोरखापत्रले आगामी महिनादेखि भाषिक बाहुल्यता रहेको प्रदेशबाटै भाषिक पृष्ट प्रकाशित गर्ने तयारी गरिरहेको छ । सोही सम्बन्धमा यायोक्खामा आयोजित बैठकले १ नम्बर प्रदेशमा राई समुदायको २५ वटै भाषाबाट भाषिक पृष्ट प्रकाशन गर्न माग गर्ने निर्णय भएको यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले बताए । हाल ३६ वटा भाषा मध्ये वान्तावा र राई भाषाको रुपमा चाम्लिङ, कोयी, थुलुङ, कुलुङ, बाहिङ, साम्पाङ, दुमि, वाम्बुले गरी ८ वटा राई भाषाबाट पृष्ट प्रकाशन हुँदै आएको थियो ।

असोज ३ गतेबाट भाषिक पृष्ठ सम्बन्धित प्रदेशबाट प्रकाशन हुँने गोरखापत्रमा प्रकाशन हुँने नीति बनेको छ । भाषिक पृष्ट प्रकशन र शिफारिसको लागि पर्सुराम तामाङको संयोजकत्वमा डा. डम्बर चेम्जोङ, डा. तरामणी राईको तीन सदस्यीय कार्यदल गठन भएर सुझाव संकलन गर्दै आएको छ । कार्यदलले प्रदेश १ र २ को लागि भाषिक पृष्ट प्रकाशनको लागि सिफारिश गर्दैछ । राई समुदायले २५ भाषा प्रयोगमा आइरहेको हुँदा प्रदेशबाट प्रकाशन हुँदा सबै राई भाषालाई पृष्ठ माग गर्ने यायोक्खाको महासचिव जनक राईले बताए ।

बैठकमा वान्तावा, चाम्लिङ, साम्पाङ, दुमि, पुमा, मेवाहाङ, कोयी भाषिक लगायतका संगठनका नेताहरु, यायोक्खा उपाध्यक्ष टिकासरी राई, सचिव अर्जुन जम्नेली राई लगायत्को सहभागी रहेका थिए ।

सम्बन्धित खवर