बिराटगनरमा एक बालकलाई एकैपटक ६ कैद सजाय कारण यस्तो छ - Crazysaptahik.com

बिराटगनरमा एक बालकलाई एकैपटक ६ कैद सजाय कारण यस्तो छ


क्रेजी साप्ताहिक
पथरी । बालिका बलात्कार आरोपमा पुर्पक्षका लागि बाल सुधारगृह बिराटगनरमा रहेको उदयपुरका एक बालकलाई जिल्ला अदालतले बिहीबार ६ बर्ष ८ महिना कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधिश दिपक खनालको इजलासले १७ बर्षिया एक बालिकालाई सोही उमेरका बालकले बलात्कार गरेको कसुर ठहर गर्दै कैदसँगै पीडितलाई १० हजार क्षतिपुर्ति भराउने गरी फैसला गरेको हो ।

फैसलासँगै कसुरदार नावालक रहुन्जेल बाल सुधारगृहमा नै बस्नेछन् र सावालक ठहरिएपछि कारागार चलान हुने श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए । १० बर्ष कैद फैसला सुनाइएका कसुरदार नावालक ठहरिएकाले सावालकलाई हुने सजायको दुई तिहाई सजाय गर्नु पर्ने कानुनी व्यवस्थाअनुसार ६ बर्ष ८ महिना सजाय निर्धारण गरिएको उनको भनाई छ ।

०७५ कात्तिक २२ गते पीडितलाई ३ दिन बन्धक बनाएर बलात्कार गरेको भन्दै परिवारले कात्तिक २४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । जाहेरीलगत्तै पक्राउ परेका कसुरदारलाई अदालतले ०७५ मंसिर २० गते पुर्पक्षका लागि बाल सुधारगृहमा राख्ने आदेश दिएको थियो ।

सम्बन्धित खवर