चलचित्र “कथा औसीँको” को प्रिमियर सो भदौ २३ गते पथरीमा हुने - Crazysaptahik.com

चलचित्र “कथा औसीँको” को प्रिमियर सो भदौ २३ गते पथरीमा हुने


क्रेजी साप्ताहिक
पथरी । नेपालि कथानक चलचित्र कथा औँसीको को प्रिमियर सो भदौ २३ गते मोरङको पथरीमा हुने भएको छ । चलचित्र टिमले आज पथरीमा पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो । मौसम परिवर्तन याक्थुम्बाको लेखन तथा सहायक निर्देशन रहेको सो फिल्ममा विनिसा लिम्बु, दिलमान बेघा, अभिषेक शर्मा लगायतको अभिनय देख्न सकिनेछ ।

रिहन्ना फिल्मस् इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा बनेको नेपाली समाजमा रहेको औसी प्रथा सम्बन्धी विशेष खोज अनुसन्धान गरी औसी प्रथा गलत प्रथा हो भन्ने सन्देश दिन खोजेको निर्माण सहायक निर्देशक मौसम परिर्वतन याक्थुङ्बाले बताएका छन् । यस्तै मित्र लिङ्देनको निर्देशन, मंगल सिंह लिम्बु विशालको कार्यकारी निर्माता, किशोर सिंह लिम्बु निर्माता रहेको फिल्मको मुहासिं थापामगरले सम्पादन र प्रिती योगीले श्रृगार गरेका छन् ।

करिब २२ लाखको लगानिमा निर्माण भएको उक्त फिल्मको ट्रेलर एक साता अघि हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.