बराहक्षेत्रमा डुङगा दुर्घटना हुँदा एकले ज्यान गुमाए, दुई घाइते - Crazysaptahik.com

बराहक्षेत्रमा डुङगा दुर्घटना हुँदा एकले ज्यान गुमाए, दुई घाइते

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका – १ कोशीगढमा सनिबार डुङ्गा दुर्घटना हुँदा एक जनाले ज्यान गुमाएका छन् भने, दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा भोजपुर आपचोक गाउँपालिका – ८ का २० वर्षीय राजकुमार राई रहेको इलाका प्रहरी कार्यालय बराहक्षेत्रले जानकारी दिएको छ ।

दुर्घटनामा परेर भोजपुर आपचोक गाउँपालिका – ८ का शङकर राई र अजय राई घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । बराह क्षेत्रबाट उदयपुर हँुदै भोजपुर जाने क्रममा डुङ्गा दुर्घटना हुँदा राजकुमारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बराह क्षेत्रका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए । मृतक राईको शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.