श्री सिद्धेश्वरद्वारा रक्तदान - Crazysaptahik.com

श्री सिद्धेश्वरद्वारा रक्तदान

ईस्वर दुलाल
शनिश्चरे । पथरी शनिश्चरे ८ मा स्थापित श्री सिद्धेश्वर साकोसले आफ्नो १८ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।

कोरोनाभाइरस (कोभिड–१९) को कारण लामो समय देखिको बन्दाबन्दीे भएको कारण रक्तबैंकमा रगतको अभाव हुन नदिने हेतुले रक्तदान कार्यक्रम साकोसले आफ्नै कार्यालयमा मङ्लबार (आज) सम्पन्न गरेको हो ।

 

कार्यक्रमा स्थानीय समाजसेवी, बुद्धिजिवी, शिक्षक, राजीतिक दलका पदाधिकारी, संस्थाका सेयर सदस्य, स्थानीय युवाहरुको उपस्थितिमा रक्तदान भएको थियो । रक्तदानबाट जम्मा ४० पिन्ट रगत संकलन भएको छ ।

संस्थाले यसअघि पनि रक्तदान तथा सामाजिक कार्य गर्दै आई रहेको संस्थाको व्यवस्थापक समितिे सदस्य नविनजंग कार्कीले जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.