पथरी शनिश्चरे – २१ साउन
शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग ( यूएनएचसीआर) को सहयोगमा लुथरन विश्व फेडेरेशनले मोरङ र झापाका भूटानी शरणार्थी प्रभावित क्षेत्रमा फलफुलका विरुवा निःशुल्क वितरण गरेको छ ।
जसअन्तर्गत, मोरङको पथरी शनिश्चरेका विभिन्न वडाका लागि १ हजार वटा आँपका विरुवा, ५ सयवटा कागतीका विरुवा र ५ सय वटा लिच्चीका विरुवा वितरण गरिएको छ ।

यसका साथै पथरीशनिश्चरेमा रहेको भूटानी शरणार्थी शिविरमा ५ सय वटा आँपका विरुवा, ५ सयवटा लिच्चीका विरुवा, ५ सयवटा आँपका विरुवा र १ सय वटा रुद्राक्षका विरुवा वितरण भएको लुथरन दमकका सामुदायिक विकास सहायक विजयश्याम राजभण्डारीले बताउनु भएको छ ।
भूटानी शरणार्थी प्रभावित झापाको दमक ३ तथा बेलडाँगी शिविरमा पनि उसैगरी फलफलका विरुवा वितरण भएको छ ।

