सिने क्षेत्रको मल्टीट्यालेन्ट सरोज - Crazysaptahik.com

सिने क्षेत्रको मल्टीट्यालेन्ट सरोज

ईस्वर दुलाल
मोरङ– सुरुवातताका मोफसलमा विवाह छायांकान तथा फोटोग्राफरहरुको नाम लिनुपर्दा सरोज श्रेष्ठको नाम लिंदा अत्यूक्ति नहोला । विगत ८÷ ९ वर्ष अघिदेखि पूर्वी झापाको दमकलाई कार्यक्षेत्र बनाई फोटो ल्याण्ड स्टूडियो चलाउँदै आएका सरोजले रोज बिड्स भन्ने व्यापार पनि सञ्चालन गरिरहेका छन् ।

 

सहनशीलता र आत्मविश्वास राख्ने सरोजले जीवनमा धेरै आरोह अवरोहका दिनहरु पार गरिसकेका छन् । अन्य व्यवसायमा पनि संगलग्नता रहेको सरोज यति बेला भने सिने क्षेत्रमा अघि बढ्ने सोच रहेको उनी बताउँछन् । अबको भावी दिनहरुमा एक कुशल निर्देशक तथा छायाकारको रुपमा अघि बढ्ने उनको सोच रहेको छ ।

उनले भेटमा भने–‘भिडियो इडिटिङ, कलर ग्रेडिङ्ग गर्नु परे फोटो ल्याण्ड स्टुडियोले उक्त सेवा प्रदान गर्ने सोच रहेको छ ।’ उनको स्टुडियोको ‘फोटो ल्याण्ड’ प्रोडक्सनमा पहिलो म्यूजिक भिडियो ‘खास…’ ओएस आर डिजीटलको युट्युव मार्फत् सार्वजनिक भएको छ । सरोजको सिनेम्याटोग्राफी रहेको उक्त भिडियोलाई पूर्वको रमणीय स्थानहरुमा कैद गरिएको हो ।

सिग्नेचर्स ब्याण्डको संगीत रहेको उक्त गीतमा रितेश निर्भानाको शब्द र स्वर रहेको छ भने सन्देश परियारले मिक्सीङ्ग÷मास्टरिङ, संगित रेकर्ड राजिव पाठक र अजय धिमालले गरेका हुन् । भिडियोमा ड्रोन सुजन श्रेष्ठ, छायांकन सहयोगीहरु उमेश धिमाल र करण दंङगाल, दृश्य सम्पादन तथा रंग करन दंगालले गरेका हुन् । भिडियोमा श्रद्दा हमाल ठकुरीले फिचरङ गरेकी छिन् । अभिनय गर्नेहरुलाई रचना सुब्बाले श्रृंगारको जिम्मा सम्हालेकी छिन् । भिडियोमा सरोज श्रेष्ठको सिनेम्याटोग्रगाफी रहेको छ भने टेक बयलकोटिले निर्देशन गरेका हुन् ।

सम्बन्धित खवर