
क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे ३ मा जग्गाको बिषयलाई लिएर एकआपसमा धम्की दिएको आरोप प्रत्यारोप गर्दै प्रहरी कार्यालयमा उजुरी परेको छ ।
बिहिबार करिब १२ बजे सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिले भूमाफियाको आरोप सहित अभिकेशर सापकोटाको जग्गामा कालो झण्डा गाडेको छ । उनिहरुले साप्कोटाको घर नजिकै खेतमा झण्डा गाडेका हुन ।
कालो झण्डा गाडेर सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिको अध्यक्ष मौसम लिम्बुले सापकोटा परिवारले सत्ता र प्रहरी प्रशासनको आडमा सुकुम्बासीको जग्गा कब्जा गर्न लागि परेको आरोप लगाएका छन् ।
तीन परिवारको जग्गा फिर्ता नगरेसम्म सुकुम्बासीको आन्दोलन जारी रहने बताए । मौसम लिम्बूले भूमाफियाको आरोप लगाएका ईस्वरी साप्कोटाले भने आफूले कसैको जग्गा कब्जा नगरेको र नगर्ने जनाए । २३ वर्षअघि बुबाले किनेको जग्गा अपुग भएपछि नगरपालिकाले दाबी गर्न सूचना निकाले बेला फारम भरेको तर कसैको जग्गा दाबी नगरेको बताए ।
घटना विवरण अनुसार पथरी शनिश्चरे ३ सिरिजंङ्गा चोकको अभिकेशर सापकोटाले वि.सं. २०५४ सालमा सो स्थानमा एक बिगाहा १७ कट्ठा जग्गा किनेका थिए । त्यो बेला नापजाप नगरी फिल्ड देखाएकै भरमा जग्गा खरिद बिक्री भएको थियो ।
सापकोटा परिवार छुटिने क्रममा नाप्दा ९ कट्ठा जग्गा नपुगेको ईस्वरी सापकोटाले बताए । जग्गा अपुग भएकोले पूरा गर्न नगरपालिकाको सूचना अनुसार फारम भरेका थिए ।
यो क्षेत्रमा वि.सं. २०३५ सालतिर एउटाले जग्गा आवाद (ढालफाँड) गरेको र २०४० र ०४२ तिर कर्मचारीसँग मिलेर अर्कोले धनिपुर्जा निकालेको दोहोरो स्वामित्व वाला समस्या छ । पथरीशनिश्चरे नगरपालिकाले केही वर्षअघि दोहोरो स्वामित्व वाला जग्गा धनी र उपभोग गर्दै आएका सुकुम्बासीलाई प्रमाण सहित फारम भर्न सूचना निकालेको थियो ।
सो समय (२०७२)मा आफूले पनि ९ कट्ठा जग्गा नपुगेको भनेर नगरमा फारम भरेको ईस्वरी साप्कोताले बताए । सापकोटा परिवारको सिमानामा मित्रलाल राई, सुमिल योङहाङ लिम्बु र गंगा गहतराजको जग्गा पर्दछ । त्यो क्षेत्रमा दोहोरो स्वामित्वमा रहेको जग्गा धनिलाई भूमाफिया भन्ने प्रचार हुँदै आएको छ । साप्कोटा परिवार भने अन्य मालिक जस्तो नभएर पछि खरिद गरेका हुन ।
यद्यपि साप्कोटाले पुरानै माफियाको लाइनमा जग्गा खोजी गरेको भन्दै साप्कोटाको सँधियार राई, लिम्बू र गहतराज परिवारले मौसम लिम्बू अध्यक्ष रहेको सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघार्ष समितिलाई साप्कोटा परिवारबाट जग्गा फिर्ता गरिदिन निबेदन दिएका थिए । ईश्वरी सापकोटाले भने आफू घरमा नभएको बेला वृद्ध बाबु आमालाई र आफूलाई फोनमा जग्गा फिर्ता पास नगरे जे पनि गर्न सक्ने भन्दै धम्की दिएको बताए । जे पनि गर्न सक्ने धम्की दिएपछि इलाका प्रहरी कार्यालय पथरीमा ज्यानको सुरक्षा गरिपाउ भन्ने निबेदन दिएको बताए ।
यता सुकुम्बासी संस्थाको अध्यक्ष लिम्बूले भने साप्कोटाले सत्ता र प्रहरी प्रशासनको आडमा सुकुम्बासी विरुद्द बल प्रयोग गरेको भन्दै सुकुम्बासीको पक्षमा जीवनभर संघर्ष गर्न तयार रहेको बताए ।

