अस्कर कलेजका विद्यार्थीलाई ‘वुरसरी अवार्ड’ - Crazysaptahik.com

अस्कर कलेजका विद्यार्थीलाई ‘वुरसरी अवार्ड’

‘अस्कर कलेज अफ फिल्म स्टडिज नेपाल’मा अध्ययन गरिरहेका १० जना विद्यार्थीले अब सिंगापुरको फिल्म स्टुडियोबाट ‘बुरसरी अवार्ड’ प्राप्त गर्ने भएका छन् ।

अस्कर कलेजका प्रिन्सिपल विनोद पौडेलले कलेज स्थापनाको दिनमा सिंगापुरमा रहेको इन्फिनिट स्टुडियोसँग यो बर्षका लागि १० जना विद्यार्थीलाई अवार्ड प्रदान गर्ने सम्झौता भएको जानकारी दिएका थिए ।

यसअघि स्टुडियोले प्रत्येक वर्ष ५ जनालाई छात्रवृत्ती प्रदान गर्दै आएको थियो । पौडेलका अनुसार ३५ हजार रकम सहितको यो छात्रवृत्ति कलेजले तेस्रो वर्षमा अध्ययन गर्ने ५ जना विद्यार्थीलाई प्रदान गर्दै आएको थियो । तर, स्टुडियोले यो साल प्रदान गर्ने बुरसारी शीर्षकमा बाँड्न लागेको अवार्ड भने प्रथ, दोस्रो र तेस्रो तीनै तहमा पढ्ने विद्यार्थीले पाउन सक्नेछन् ।

१७ हजार ५ सय नगद रहेको यो छात्रवृत्ती पहिलो र दोस्रो वर्षमा चार–चार जनालाई बाँडिने र अन्तिम वर्षमा दुई जनालाई बाँड्ने तयारी भएको पौडेलले बताएका छन् । दुई कलेजले वि.सं वि.सं. २०७३ सालदेखि यो बिषयमा सहकार्य गर्दै आएका छन् ।

सम्बन्धित खवर