पथरीमा चित्तल सहित सिकारीहरु पक्राउ - Crazysaptahik.com

पथरीमा चित्तल सहित सिकारीहरु पक्राउ

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीमा आज चित्तल सहित सिकारीहरु पक्राउ परेका छन् ।

पथरी शनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक वन क्षेत्रभित्र प्रवेश गरी जंगली जनावर चित्तललाई पासोमा पारी लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा मोरङ पथरीशनिश्चरे वडा नम्वर १ वस्ने वर्ष २६ को चित्रकुमार श्रेष्ठ र सोही वडा वस्ने वर्ष २१ को विश्ववन्धु भन्ने विवश राई रहेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए ।

सिकारीहरुको साथबाट प्रहरीले मासु काट्ने दाउ एक थान, चित्तलको छाला काट्न प्रयोग गरिने कर्द एक थान, पासोको रुपमा प्रयोग गरिने स्टिलको १० मिटर डोरी बरामद गरेको छ ।

पक्राउ परेका सिकारी र चित्तललाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय पथरीमा बुझाएको प्रहरीले जनाएको छ । वन क्षेत्रको माथिल्लो भागमा चित्तललाई पासोमा पारी तान्ने लैजाने क्रममका वन हेरालुहरुले देखेर प्रहरीलाई खवर गरेपछि वनका पदाधिकारी र प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

कोरोना कहरका कारण समुदाय स्तरवाट नियमित रुपमा वनको गस्ती गर्न सम्भव नभएका कारण चोरी शिकारीका घटनाहरु वढ्दो क्रममा रहेको हरियाली सामुदायिक वनका अध्यक्ष कावुल बहादुर मगर (विकास)ले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.