कोरोनाबाट थप एकको मृत्यु , विराटनगरमा मृत्यु हुनेको संख्या ८ पुग्यो - Crazysaptahik.com

कोरोनाबाट थप एकको मृत्यु , विराटनगरमा मृत्यु हुनेको संख्या ८ पुग्यो

क्रेजी साप्ताहिक
विराटनगर । विराटनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यू भएको छ ।

विराटनगर महानगरपालिका– ८ मधुमाराका ४७ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिएका छन् ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाइ आइतबार कोशी अस्पताल विराटनगर ल्याइएको थियो । उनको सोमबार बेलुका करिब साढे ५ बजे उनको मृत्यु भएको जनाइएको छ । यो संगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ८ पुगेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.