'एक पटक पुनः सभापतिमा अवसर दिनुहुन्छ भन्ने आशा छ' - Crazysaptahik.com

‘एक पटक पुनः सभापतिमा अवसर दिनुहुन्छ भन्ने आशा छ’

–  गणेश कुमार खड्का
नेपाली कांग्रेस, मोरङ ३ नम्बर क्षेत्रीय सभापति

वि.सं. २०२७ साल बैशाखमा जन्मिएका गणेश खड्का बाल्यकालदेखि नै नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय छन् । मोरङ उर्लाबारी मंगलबारेको सुनपकुवा, पथरीको जनता माविमा स्कुले जीवनदेखि नै नेपाल विद्यार्थी संघको राजनीतिमा लागेका खड्का मोरङको पथरीशनिश्चरे–१ वडाका स्थायी बासिन्दा हुन् ।

यही जन्मिएर यो क्षेत्रकै पुरानो राजीतिक व्यक्तित्वको छबि बनाउन सफल खड्का नेपाल विद्यार्थी संघको वि.सं. २०४८ मा भएको बुटवल महाधिवेशन अघि मोरङ २ नम्बर क्षेत्रीय सभापति भए । खड्का लगातार तीन कार्यकाल सभापति भए । त्यसपछि मोरङ जिल्ला सदस्य, नेपाली कांग्रेस (प्रजातान्त्रिक)को क्षेत्रीय सचिव, सभापति हुँदै २०६२ र ०६३ को जनआन्दोलनमा सात राजनीतिक दलको संयुक्त संघर्ष समितिको सचिव, तरुण दलको केन्द्रीय सदस्य, कांग्रेस एकतापछि क्षेत्रीय सभापतिमा निर्वाचन पराजयपछि सह–सभापति, १३ औं महाधिवेशन अघि भएको पार्टीको आन्तरिक निर्वाचनमा पुन क्षेत्रीय सभापति भएर निरन्तर काम गरिरहेका छन् ।

पार्टीको तर्फबाट गएको निर्वाचनमा पथरीशनिश्चरे नगरपालिकाको मेयरको उमेद्वार बनेर निकटतम प्रतिद्वन्दी रहेका खड्का यो क्षेत्रमा तुनात्मक हिसावले हेर्दा निष्ठावान राजनीतिक व्यक्तिको रुपमा परिचय बनाएका व्यक्ति हुन् । नेपाली कांग्रेस यतिवेला १४ औं महाधिवेशनको तयारीमा छ । वडा, नगर, गाउँपालिका, क्षेत्र, जिल्ला, प्रदेश हुँदै २०७७ फाल्गुण ७(१० गते काठमाडौं केन्द्रीय महाधिवेशन तोकिसकेको छ । प्रस्तुत छ महाधिवेशनकै सन्दर्भमा मोरङ – ३ नम्बर क्षेत्रको क्रियाकलाप र गतिशिलता बारे अर्जुन जम्नेली राईले गरेको कुराकानीको सारसंक्षेप :–

नेपाली कांग्रेस १४ औं महाधिवेशन तयारीमा छ, तपाई के गर्दै हुनुहुन्छ ?
– हामी पार्टीको सर्कुलर अनुसार क्रियाशील सदस्य नवीकरणमा लगायतका काममा लागिरहेका छौ । हाम्रो क्षेत्रमा तीन नगर र एउटा गाउँपालिका गरी २६ वटा वडा रहेको छ । नवीनकरण वडाबाट आइरहेको छ । हामी पार्टीले दिएको जिम्मेवारी पूरा गर्न लागिरहेका छौ ।

यो क्षेत्रमा क्रियाशील सदस्य कति छन् ? नयाँ कति वितरणको तयारी छ ?
– यो क्षेत्रमा पहिला २१ सय थियो । केही बसाई सराइ, कोही देहान्त हुनुभयो । नयाँ तथ्याङक आइसकेको छैन । कस्ता सदस्यलाई क्रियाशील दिने भन्ने बिषयमा विधान प्रष्ट छ । साधारण सदस्य लिएर संगठनमा काम गरेको हुनुपर्ने, जिम्मेवारी बहन गर्नुपर्ने, निर्वाचनमा सहयोग गरेको हुनुपर्ने व्यवस्था छ । क्रियाशील सदस्यहरुको सहभागिता रहेको वडा कार्यसमितिको बैठकले शिफारिस गरेर नाम पठाउनु पर्ने हुन्छ । अर्को पार्टीबाट आएका सदस्यहरुलाई त्यो पार्टीमा रहदाको हैसियतलाई पनि हेर्ने भन्ने छ । यद्यपि वडा कार्यसमितिले शिफारिस गर्नुपर्ने हुन्छ । पार्टीको विधान अनुसार योग्यता पुगेका साथिहरुलाई क्रियशील सदस्य उपलब्ध हुन्छ । सुरुमा कायम रहेको ५० प्रतिशन बढीलाई दिने भन्ने थियो । अहिले सेन्ट प्रतिशत दिने भन्ने छ ।

तपाई क्षेत्रीय सभापति फेरि उठनु हुन्छ ?
– म हिजो २ नम्बरको सभापति थिएँ । अहिले २, ३ र ८ नम्बर क्षेत्र मिलेर एउटा ३ नम्बर क्षेत्र बनेको छ । मैले नेतृत्व गर्दा यो क्षेत्रमा मत बढि खस्यो । क मा सुयोर्माराज राईले प्रत्यक्ष निर्वाचन विजय हुनुभयो भने प्रदेश ख का उमेदवार ललितबहादुर श्रेष्ठ थोरै मतले पारजित हुनुभयो । संघमा डा सुनिल शर्माले ४० हजार ५ सय ६ मत ल्याएर थोरै भोट ल्याएर पराजित हुनुभयो । हाम्रो क्रियाशीलताले क्षेत्रमा जनताले राम्रो मत दिनु भएको मूल्याङकन छ । हामीले राम्र मत ल्याउनुको साथै र संगठन सुधार गर्न सफल भयौं । त्यही भएर पार्टीका साथिहरुले एक पटक उठनु पर्छ भन्दै हुनुहुन्छ । त्यही भएर पार्टीलाई अझ सुधार गर्न मलाई पनि उठनु पर्छ भन्ने लागेको छ । पार्टी सुधारको लागि एक पटक मौका दिनुहुन्छ भन्नेमा लागेको छ ।

महाधिवेशनको मिति नजिकिँदै गर्दा महाधिवेशन प्रतिनिधि वडाबाटै जानुपर्ने प्रस्ताव आइरहेको छ । तपाईको मत के छ ?
– पार्टीको विधानमा प्रदेश, संघको सांसदको उमेद्वारहरु, निर्वाचन सांसद केन्द्रीय सदस्यहरु, केन्द्रीय सदस्यहरु जिल्ला र क्षेत्रीय सभापतिहरु महाधिवेसनमा स्वतः प्रतिनिधि बन्ने व्यवस्था छ । पार्टीको केन्द्रीय समिति र महासमितिको निर्णय अनुसार र विधान अनुसार नै जानु पर्दछ भन्ने लाग्छ ।

जिल्ला सभापतिहरुले सबै नेताहरु वडाबाटै निर्वाचित हुँदै आउनुपर्छ भन्ने मुद्दा उठाइरहेका छन् नि ?

– हाललाई विधान अनुसार नै जाँदा राम्रो । पार्टीले नयाँ निर्णय गरेमा लडेरै भएपनि जानुपर्छ । त्यसमा कुनै समस्या छैन ।

केन्द्रीय सभापतिमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला र शेखर कोइरालाको आकाक्षा देखिएका छन्, सबै उठे कस्ले बाजी मार्ला ?
– हालसम्म उमेद्वार नै को को भन्ने टुङगो भएको छैन । कोरोनाको कारण विश्व संक्रमणमा छ । केन्द्रको निर्देशन अनुसार हामीले पनि काम गर्न सकिरहेको छैनौ । अहिले नै कस्ले जित्नुहुन्छ भनेर अड्कलबाजी गर्न सकिनदैन ।

देउवाले जित्नुहुन्छ ?
– उम्मेद्वार बन्ने टुंगो लागेको छैन । शेरबहादुर देउवा दाई वर्तमान सभापति हुनुहुन्छ । उमेदवार नै टुंगो नलागेकोले अहिले यसै भन्न सकिन्न ।

तपाई पथरीशनिश्चरे नगरपालिकाको मेयर पदमा उठेका निकटतम प्रतिद्वन्द्वी नगर कसरी चलिरहेको छ ?
– निर्वाचनमा पार्टीले उम्मेद्वारी बनाएपछि मलाई जनताले दोस्रो मत दिए । नगरले अहिले जे काम गर्दैछन । हामी अनविज्ञ छौ । हामीलाई औपचारिक रुपमा केही जानकारी दिइन्दैन । गम्भीर बिषयहरुमा हिजोका उमेद्वारहरुलाई जानकारी गराउदा राम्रो हुन्थ्यो । नगरपालिकाबाट हामीसँग समन्वय छैन । कहिले काँही हाम्रो पार्टीलाई बोलाउदा प्रतिनिधि जानुहुन्छ र हामीलाई पार्टीमा जानकारी गराउनुहुन्छ । यस्तै मात्र चलिरहेको छ ।

यहाँको स्थानीय सरकारलाई गतिशिल गर्न रचनात्मक प्रतिपक्षी भएन भन्छन् नि, किन ?
– हेर्नुस् सबै कुरा राजनीतिक रहेछ । स्थानीय सरकारमा हाम्रा जनप्रतिधि कम छन् । नेकपाको पूर्ण बहुमत छ ।

सम्बन्धित खवर