कोरोना संक्रमित थपिए प्रदेश १ मा थप १ सय ३९ जना - Crazysaptahik.com

कोरोना संक्रमित थपिए प्रदेश १ मा थप १ सय ३९ जना

क्रेजी साप्ताहिक
विराटनगर । प्रदेश १ मा आज एकैदिन १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये मोरङमा सबैभन्दा बढी १ सय ५ जना रहेका छन् ।

यस्तै, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पुरुष छन् ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९६ जना संक्रमित भएका छन् । जसमा ३१ महिला र ६५ पुरुष छन् । बुढीगंगामा २ महिला र ३ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, झापाको दमकमा ७ पुरुष, भद्रपुरमा १ महिला र ५ पुरुष, झापा गाउँपालिकामा २ पुरुष, कनकाईमा १ महिला र झापाको स्थानीय तह नखुलेका ४ जना पुरुष रहेका छन् । यसैगरि, सुनसरीको इटहरीमा १ महिला र २ पुरुषमा संक्रमण देखिएको छ भने धरानमा २ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको छ । संखुवासभाको सभापोखरीका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उदयपुरको बेलका र त्रियुगामा १–१ पुरुष, पाँचथरको कुम्मायकमा १ महिला र धनुषाका १ महिला र महोत्तरीका १ महिलामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार २ सय ३२ पुगेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.