काठमाडौं- उपचारका लागि क्लिनिकमा आएकी १७ वर्षकी किशोरीलाई करणी गरेको अभियोगमा एक जना स्वासथ्यकर्मी पक्राउ परेका छन् । उनले उपचार गर्ने वहानामा किशारीलाई करणी गरेको आरोप छ । बारामा उपचार गर्न आएकी १७ वर्षीया किशोरीलाई क्लिनिकमै करणी गरेको अभियोगमा २६ वर्षका प्रमोद साह पक्राउ परेका हुन् ।
रौतहट कटहरिया नगरपालिका २ बिर्ती बस्ने २६ वर्षीय प्रमोदलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । निजगढ नगरपालिका ११ रतनपुर हनुमानचोकमा रहेको सामुदायिक हेल्थ क्लिनिकमा जँचाउन गएकी किशोरीलाई करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । पेटदुखेर उनी उपचारका लागि क्लिनिक पुगेकी थिइन् । क्लिनिकको स्वास्थ्य सहायक (एचए) साहले उपचार गर्ने क्रममा करणी गरेको प्रहरीले जनाएको छ ।