मिस कोशीमा ३० जना छनौट - Crazysaptahik.com

मिस कोशीमा ३० जना छनौट

क्रेजी संवाददाता
विराटनगर । विभिन्न चरणको अडिसनबाट छैठौं संस्करणको मिस कोशी प्रतियोगितामा ३० जना छनौट भएका छन् । विराटनगर र इटहरीमा भएको प्रथम र दोस्रो चरणको अनलाइन र भौतिक रूपमा लिएको अडिसनबाट ३० जना छनौट भएका हुन् ।

विराटनगरमा भएको दोस्रो चरणको अडिसनमा ९ जना सहभागी मध्ये ४ जना छनौट भए । यस्तैगरी इटहरीमा भएको प्रथम चरणको अडिसनमा १५ जनामा ९ जना छनौट भएका हुन् । यसअघि सम्पन्न भएको प्रथम चरणको अडिसनबाट १७ जना छनौट भएको जय मिडिया म्यानिजमेन्ट प्रा.लि.का चियरमेन जयराज रायले जानकारी दिए ।

दुई चरणको अडिसनदेखि फाइनलमा ३० जना पुगेका छन् । सो प्रतियोगिताको फाइनलमा ३५ जना प्रतियोगी छनौट गरिनेछ । थप ५ जना प्रतियोगि अनलाइनबाट लिने तेस्रो चरणको अडिसनदेखि छनौट गरिने आयोजकले जनाएको छ । ‘प्रतियोगितामा सहभागी जनाउने इच्छुकहरूको लागि अनलाइन अडिसन हामीले खुल्ला गरेका छौं,’ सिइओ निशा खतिवडाले भनिन्, ‘प्रतियोगितामा भाग लिने इच्छुक किशोरीले अनलाइनबाट पनि सहभागि जनाउन सक्नुहुनेछ । सहभागी मध्ये उत्कृष्ट हुने किशोरीलाई फाइनलको लागि छनौट गरिनेछौं ।’

किशोरीमा भएको प्रतिभा उजागर गर्नुको साथै व्यातित्व विकास गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको फाइनल आगमी असोजमा हुनेछ । छनौट भएका किशोरीहरूलाई महिना दिनको बन्द प्रशिक्षण भदौको दोस्रो हप्तादेखि सुरु हुनेछ । आयोजकले सहभागीहरुको सहजको लागि अनलाइन र भौतिक रुपमा अडिसन लिने गरेको छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.