शिविरका १८ वर्ष माथिका व्यक्तिहरुलाई कोरोना विरुद्धको खोप - Crazysaptahik.com

शिविरका १८ वर्ष माथिका व्यक्तिहरुलाई कोरोना विरुद्धको खोप

क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे १० मा रहेको भूटानी शरणार्थी शिविरका १८ वर्ष माथिका व्यक्तिहरुलाई मंगलबार कोरोना भाइरस विरुद्धको खोप लगाइएको छ ।

वडा वडामा ५० वर्षदेखि ५४ वर्ष उमेर समूहकासँगसँगै शरणार्थीहरुका लागि समेत खोप लगाउने संघीय सरकारको निर्देशन बमोजिम खोप लगाउने काम भएको हो । शिविरमा कोरोना भाइरस विरुद्धको एक मात्राका रुपमा लगाउँदा हुने ‘जनसन’ खोप लगाइएको छ । शनिश्चरे स्वास्थ्य चौकीका स्वास्थ्य प्राविधिकहरुले शिविरको ज्येष्ठ नागरिक भवनमा खोप लगाउने काम गरेको स्वास्थ्य चौकी इञ्चार्ज प्रकाश कार्कीले जनाउनुभयो ।

शिविरमा खोपको वातावरण बारे जानकारीका लागि प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको समेत उपस्थिती रहेको थियो । १८ वर्षमाथि खोप लगाउने उमेर समूहका करीव ९ सय शरणार्थी रहेको जानकारीका आधारमा नगरबाट खोपको माग गरिएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.