हरियालीका अध्यक्ष विकास सामुदायिक वन अभियन्ता सम्मानद्वारा सम्मानित - Crazysaptahik.com

हरियालीका अध्यक्ष विकास सामुदायिक वन अभियन्ता सम्मानद्वारा सम्मानित

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे –२ मा स्थापित हरियाली सामुदायिक वनका अध्यक्ष काबुल बहादुर मगर (विकास)ले सामुदायिक वन अभियन्ता सम्मान २०७८ प्राप्त गर्नुभएको छ ।

वन तथा भू–संरक्षण विभागको निर्णय अनुसार वन विकासको गतिशिलतामा अमूल्य योगदको कदर गर्दै सामुदायिक वन अभियान्ता सम्मान २०७८ प्राप्त गर्न सफल हुनुभएको हो ।

मन्त्री, वन तथा वातावरण मन्त्रालय तथा सम्मानीय प्रधानमन्त्री शेर बहादुर देउवा, वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेम नारायण कँडेल, वन तथा भू–संरक्षण विभागमा महानिर्देशक मन बहादुर खड्काले मगरलाई सोमबार सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

हरियालीद्वारा बधाई तथा सम्मान
काबुल बहादुर मगरले सामुदायिक वन अभियान्ता सम्मान पत्र प्राप्त गरेपछि हरियाली सामुदायिक वन उयभोक्ता समूहले मंगलबार बधाई तथा स्वागत कार्यक्रम गरेको छ ।

सामुदायिक वैज्ञानिक वन व्यवस्थापन कार्यमा उत्कृष्ट कामको मूल्याङ्कन गर्दै वन तथा भू–संरक्षण विभागले सम्मान गरेकोमा उहालाई बधाई तथा स्वागत गरेको हो ।

हरियाली सामुदायिक उपभोक्ता समूहको भवनमा भएको सो कार्यक्रममा हरियाली सामुदायिक वनले एकपछि अर्को सफलता प्राप्त गर्दै, आफ्नो वनलाई देशभर चिनाउन सफल भएको भन्दै
हरियाली पब्लिक कम्पनीका अध्यक्ष अशोक कुमार राई, समुहका सल्लाहकार देबी प्रसाद भेट्वाल, पत्रकार अर्जुन जम्मेली राई लगायले बधाई तथा शुभकामना मन्तव्य राख्नुभयो ।

हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुल बहादुर मगरले वनको अध्यक्ष सम्हाले यता विभिन्न पुरस्कारहरु प्राप्त गर्दै आइरहनुभएको छ । सुरुवाताका जिल्ला वन कार्यालय मोरङबाट २०७२÷०७३ मा सान्तवना पुरस्कार प्राप्त गर्न सफल भयो । त्यसपछि क्रमश. २०७३÷७४ मा मोरङ द्वितीय, २०७४÷०७५ मा मोरङ प्रथम पुरस्कार प्राप्त गर्न सफल भयो हरियाली । यस्तैगरी वनले २०७५ सालमा गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार सान्वना प्राप्त ग¥यो । त्यसपछि १ वर्षपछि नेपालकै उत्कृष्ट वन हुँदै गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्रथम प्राप्त गर्न सफल रह्यो । यसबाट के देखिन्छ भने हरियालीले अन्तर्राष्ट्रिय स्तरको पुरस्कारहरु पनि पाउने संभावना प्रवल देखिन्छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.