
भिल्लारियललाई ६–५ ले हराउँदै चेल्सीले युरोपेली सुपर कप जितेको छ । च्याम्पियन्स लिगको विजेता र युरोपा लिगको विजेताबीच यो खेल हुने गर्छ ।
गत सिजन चेल्सीले च्याम्पियन्स लिग र र भिल्लारियलले युरोपा लिग जितेका थिए । ९० मिनेट र अतिरिक्त समयमा समेत एक–एक गोलको बराबरी भएपछि पेनाल्टीबाट खेलको टुंगो लगाइएको हो ।
चेल्सीका लागि हाकिम जियचले खेलको २७ औं मिनेटमा अग्रता दिलाएका थिए । तर, ७३ मिनेटमा जेरार्ड मोरेनोले भिल्लयिरलबाट बराबरी गोल फर्काए ।
चेल्सीले पेनाल्टी सुटआउटमा आफ्ना नियमित गोलकिपरको साटो वैकल्पिक गोलकिपर केपा अरिजाबालागालाई मैदान उतारेको थियो ।
यी गोलकिपरले भिल्लारियलका कप्तान राहुुल अलबिओलको प्रहार रोक्दै १९९८ पछि चेल्सीलाई दोस्रो सुपर कप जिताए ।


