नागपञ्चमीको महिमा - Crazysaptahik.com

नागपञ्चमीको महिमा

  •  कृष्णप्रसाद अधिकारी

आस्तिकष्य मुनेमोतजंगदानन्द कारिणि
एतेहीमबसे देवी नागमातनेमारे स्तुते ।
श्राउण शुम्ल पञ्चमीको दिन पर्ने नागपञ्चमीका दिन नागहरुको पूजा अर्चना गरिन्छ । नागहरुको प्यारो तिथि पञ्चमी हो । नाग पृथ्वीका मालिक हुन् । भगवान शंकरले वासुकी नाग धारण गर्नुभएको दिन पञ्चमी तिथि थियो साउन महिनामा नागको पुजा गर्नाले जीवन सुखी रहन्छ नागपञ्चमीका दिन नागको पुजा गरेमा काल सर्प योग हरेर जान्छ । नाग पञ्चमीको दिन नागको सिर उत्तरतर्फ हुनाले उत्तर या पूर्व फर्केर पुजा गर्नुपर्छ भन्ने धार्मिक शास्त्रमा उल्लेख छ ।

कुनै मानिसको जन्म कुण्डलीमा कालसर्प योग परेको छ भने श्रावण शुक्ल पञ्चमीका दिन नाग र नागिनीको चित्र बनाएर पुजा गरेमा कालसर्प योग वा अन्यकुनै अशुभग्रहले असर गर्दैन भन्ने ज्योतिष विज्ञहरुले भनेका छन् ।

नागपञ्चमीका दिन विहान सबैरै स्नानगरी नागको चित्र बनाएर पूजा अर्चना गर्नुपर्छ । नागहरु क्रमशः अनन्त वासुकी, पदम, तक्षक, कुलिक कर्कट आदि नागलाई उत्तर फर्काएर राखी दीप कलसगणेश स्थापना गरी दही, दुवो, कुस, सिन्दुर, चन्दन, अविर आदिले पुजा गरी ढोकामा शस्नाले सर्पको भय हुँदैन भन्ने शास्त्रीय मान्यता रहिआएको छ ।

नागपञ्चमीका दिन नाग देवतालाई खुसीपारी पूजा अर्चना गरेमा सर्प भय चढयाडण्को भय र प्रकोप नहुने तथा मुलुकमा सुख शान्ति समृद्धि र जनकल्याण हुनेछ भन्ने जनविश्वास छ । एउटी किसान कि छोरीले प्रतिशोज लिन आएकी नागिनीलाई प्रसन्न पारी आफ्ना माता पिता दाजुभाइको प्राण बचाएकोे धार्मिक विश्वास छ । नागहरु वर्षीका कारण र जलस्रोतका संरक्षक मानिन्छन् । नयाँ घर जग राख्ने समयमा घरको टिकाउपनको लागि घरको जग वा मुल खाबो रहने ठाउँमा नागका मूर्ति स्थापना गरी ग्रह निर्माण गरेमा उक्त घर छडेमा कुनै प्रकारको भय हुने छैन भनी शास्त्रले भनेको छ ।

सत्य श्रेता दापर कलियुग यी ४ युग मछे श्रेता युगको केही काल पश्चात मञ्जुश्री वोधि सत्य चिन देशबाट स्वयम्भु ज्योतीको दर्शन गर्न भनी नाग रहको तटगा आए । तीन रात महाँमण्डपमा निवास गरी स्वयमको दर्शन गरी सकेपछि उनको विचार नागरहको जल बाहिर निकाल्ने भयो र उक्त विचार अनुसार आफ्ना दुई शक्ति मध्ये वरदालाई फुलोटप गिरीमा र मोक्षदालाई ध्यानोटय गिरीमा स्थादित गरी मन्जुरी स्वमै महामण्डपदेखि दक्षिणको कुनै पर्वतमा गई बसे नदन्तर मञ्जुरीले नाग दहलाई छेड्ने पर्वत भालाको निरीक्षण गरी कटुवाल नामक स्थानमा आफनो खडगले काटेर जल निस्कने बाटो बनाए । वर्तमान वागमती निस्केन यसदारबाट वेग साथ जल निस्कदा नाग दहको अघिपटि कर्कोटक नागलाई पनि अन्य नागको साथै निस्कन लागेको देख्दा यसले अनर्थेको संभावना देखि मञ्जुरीले आग्रह साथ टैदह नामक जलासयमा वास दिई नाग दहमा भएको सम्पूर्ण वैभवको स्वामी वनाए भन्ने ऐतिहासिक मान्यता छ । यसै अन्तरगर्त हिमालय खण्डमा सत्य गेता ढापर युगको केहीसमय सम्म कर्कोटक वा नागवंसी राजाहरुको प्रमुत्व रहेको कुरा इतिहासकारहरुले बताएका छन् । त्यस्तै उत्तरी विहारमा मैये सासन भन्दा पुर्व नाग र सिसु नागवंसी हरुको सासन रहेको पनि इतिहास विद हरुले भनेको छिन् ।
ओमाम नम सिवायं नमः
ओम नागमाता नमस्तुेतः
ओम वासुकाय नमः
ओम पदमाय नमः
ओम क्रवंशय नमः
ओम शंखाय नमः
ओम शिवपावैलायय नमः
–पथरीशनिश्चरे, मोरङ

 

सम्बन्धित खवर