नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि एभरेष्टलाई - Crazysaptahik.com

नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको उपाधि एभरेष्टलाई

क्रेजी संवाददाता
पथरी । नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको जुनियर तर्फको उपाधि एभरेष्ट माविले आफ्नो पोल्टामा पारेको छ ।
शुक्रबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल पथरी शनिश्चरेले आयोजना गरेको सो प्रतियोगिताको ट्रफी एभरेष्टले उचालेको हो । गत वर्ष पनि एभरेष्टले नगर प्रथम भई जिल्लामा उत्कृष्टता हासिल गरेको थियो ।
पथरी शनिश्चरेको भूपू सैनिक अंग्रेजी विद्यालयमा भएको लोकनृत्य प्रतियोतिामा मोरङ मेरिगोल्ड इग्ङ्लिस स्कुल फस्ट रनरअप तथा अरुणोदय अंग्रेजी स्कूलले सेकेन्ड रनरअपको ट्रफी हात पारे ।
नगर प्याब्सनका अध्यक्ष सन्तोष बस्नेतको अध्यक्षतामा भएको नृत्य प्रतियोगिताको पुरस्कार पथरी शनिश्चरे नगरपालिकाका शिक्षा शाखा प्रमुख नविन खुलाल र प्याब्सनका सल्लाहकारहरुले संयुक्त रुपमा वितरण गर्नुभएको थियो ।
प्रतियोगिताको जुनियरतर्फ ११ वटा विद्यालयले सहभागिता जनाएको थियो । विजयी विद्यालयहरुले मंसिर १३ गते हुने जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा सहभागिता जनाउने आयोजकका सचिव सुजन बास्तोलाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.