ला लिगा : भ्यालेन्सियाको विजयी सुरुआत - Crazysaptahik.com

ला लिगा : भ्यालेन्सियाको विजयी सुरुआत

स्पानिस ला लिगा २०२१–२२ को सिजनमा भ्यालेन्सियाले विजयी सुरुआत गरेको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा भ्यालेन्सियाले गेटाफेलाई १–० ले हरायो ।

भ्यालेन्सियाका लागि कार्लोस सोलरले पेनाल्टीमा एक गोल गरे । खेलमा दुवै टिमका एक एक खेलाडीले रातो कार्ड पाएका थिए ।

घरेलु मान मेस्टालामा खेलको तेस्रो मिनेटमै भ्यालेन्सियाका ह्युगो गुइलामोनले सिधै रातो कार्ड पाउँदा १० खेलाडीमा समेटिएको थियो ।

तर ११औ मिनेटमा पेनाल्टी पाएपछि सोलरले गोल गर्दै अग्रता दिलाए । एक खेलाडी कम हुँदा पनि गेटाफले भने फाइदा उठाउन सकेन ।

७६औं मिनेमा एरिका काबाको दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडेपछि गटाफे १० खेलाडीमा सीमित भएको थियो । जितपछि भ्यालेन्सियाले ३ अंक जोडेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.