बुण्डेसलिगा : पहिलो खेलमै बार्यन बराबरीमा रोकियो - Crazysaptahik.com

बुण्डेसलिगा : पहिलो खेलमै बार्यन बराबरीमा रोकियो

साविक विजेता बार्यन म्युनिक बुण्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमै बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको २०२१–२२ सिजनको उद्घाटन खेलमा बार्यनले बोरुसिया मोन्चेनग्लाडबाकसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलमा मोन्चेनग्लाडबाकले पहिलो अग्रता लिए पनि बार्यनले बराबरी गोल फर्काएको हो । घरेलु मैदान बोरुसिया पार्कमा भएको खेलको १०औं मिनेटमा अलासाने प्लेअले गोल गर्दै मोन्चेनग्लाडबाकलाई अग्रता दिलाएका थिए ।

उनले लार्स स्टिन्डलको पासमा गोल गरे । तर ४२औं मिनेटमा रोवर्ट रेवान्डोस्कीले बार्यनका लागि बराबरी गोल फर्काए । उनले जोसुअ किम्मिकको पासमा गोल गरेका हुन् ।

दोस्रो हाफमा दुवै टिमले गोल गर्ने केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । बार्यनका गोलकिपर मानुएल नोए र ग्लाडबाकका गोलकिपर यान सोमेरले दोस्रो हाफमा उत्कृष्ट बचाउ गरेका थिए ।

पछिल्लो ९ लिगमा लगातार च्याम्पियन बनेको बार्यनले २०२१२ यता पहिलो सिजनको गोल नगरेको यो पहिलो पटक हो । बराबरीपछि दुवैले समान एक अंक जोडेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.