अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गर्दा किन पूर्वराजा ज्ञानेन्द्रको प्रशंसा ? - Crazysaptahik.com

अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गर्दा किन पूर्वराजा ज्ञानेन्द्रको प्रशंसा ?

काठमाडौ । अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरीरहँदा नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहको प्रशंसा भइरहेको छ । सामाजिक सञ्जालमा विना रक्त पात सत्ता सुम्पिएर नेपालमै साधारण नागरिकका हैसियतमा बसेका पूर्वराजाको प्रशंसा भएको हो । राप्रपाका अध्यक्ष कमल थापाले अफगानिस्तानको सत्ता संघर्षसँग जोडेर पूर्वराजा ज्ञानेन्द्र शाहको प्रसंशा गरेका छन् ।

केही अन्य राजनीतिक दलका नेता, सर्वसाधारण र हिन्दुवादी संस्थासंग सम्बनन्धितले पनि पूर्वराजाको प्रसंशा गरेका हुन् । तालिबान बिद्रोहीले सत्ता कब्जा गर्दा अफगानिस्तानका राष्ट्रपति असरफ गानी देश छोडेर भागेको प्रसंग उठाउँदै ज्ञानेन्द्रको प्रशंसा गरिएको हो ।

तालिबान बिद्रोही सत्ता कब्जा गर्नुअघि नै आइतबार राष्ट्रपति गानी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकारले देश छाडेका थिए। उनीहरु उज्बेकिस्तानको राजधानी तासकन्द गएका छन्। यही सन्दर्भलाई जोड्दै थापाले ०६३ मा देशमा गणतन्त्रको स्थापना हुँदा पनि तत्कालिन राजा ज्ञानेन्द्रले देश नछाडेको प्रसंग उठाएका हुन्।

‘तालिबानी बिद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्रप्रति मेरो सम्मान अझै बढेको छ,’ थापाले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘२०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ। राजा र राष्ट्रपतिबीचको फरक पनि यही हो।’

त्यस्तै विश्व हिन्दु महासंघकी अस्मिता भण्डारीले पनि पूर्वराजाको तस्विर सार्वजनिक गर्दै प्रशंसा गरेकी छन् । संकटको बेलामा राजा नै काम लाग्ने भन्दै उनको स्टाटसमा अन्यले पनि कमेन्ट गरेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.