सन्दीपले राष्ट्रिय टिममा व्यस्त हुँदा सीपीएल गुमाउने पक्का - Crazysaptahik.com

सन्दीपले राष्ट्रिय टिममा व्यस्त हुँदा सीपीएल गुमाउने पक्का

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) गुमाउने भएका छन् ।

यही अगष्ट अन्तिमदेखि सीपीएल टी–२० क्रिकेट आयोजना हसँदैछ । तर सन्दीप यसपटक राष्ट्रिय टिममा व्यस्त रहने भएकोले सीपीएल गुमाउने भएका हुन् ।

यसअघि भिसा समस्याका कारण सन्दीपले टी–२० भाइटालिटी ब्लास्ट र दी हन्ड्रेड गुमाएका थिए ।सीपीएल यक अगस्ट २६ तारिखदेखि सेप्टेम्बर १५ सम्म सेन्ट किट्समा आयोजना हुँदैछ ।

त्यसका लागि सन्दीपलाई डिफेन्डिङ च्याम्पियन ट्रिनबागो नाइट राइडर्सले अनुबन्ध गरेको थियो । तर सन्दीप अगष्ट अन्तिममा नेपाली टिमसँग ओमान भ्रमणमा जाने भएकोले सीपीएल खेल्न नभ्याउने भएका हुन् ।

सीपीएलले मंगलबार अपडेट गरेको टिम लिस्टमा पनि सन्दीपको नाम छैन । ट्रिनबागोले केही दिनअघि यासिर शाहलाई अनुबन्ध गरिसकेको छ । सम्भवत उनी सन्दीपकै स्थानमा टिममा अनुबन्ध भएका हुन् ।

आईसीसी विश्वकप लिग २ को ट्राई सिरिजर त्यसअघि पपुवान्यु गिनी (पिएनजी) सँग हुने दुई खेलका लागि नेपाली टिम अगस्ट अन्तिममा ओमानतर्फ प्रस्थान गर्ने सम्भावना रहेको छ ।

केही दिन क्वारेन्टिन बस्नुपर्ने भएकोले नेपाल केही चाँडै जान लागेको हो । नेपालले पिएनजीसँग सेप्टेम्बर ५ र ८ मा खेल्ने पक्का भइसकेको छ । यस्तै नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज सेप्टेम्बर १३ देखि २० सम्म हुने तय छ ।

सन्दीपले ओमान भ्रमणपछि सेप्टेम्बर २५ तारिखदेखि सुरु हुने चौथा‌ संस्करणबो एभरेस्ट प्रिमियर लिग खेल्नेछन् । यसपटक उनी काठमाडौं किंग्स–११ को कप्तानको नियुक्त भएका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.