नेपाली सांगीतिक बजारमा पछिल्लो समय केन्द्र मोशन पिक्चर्स सर्वाधिक चर्चामा छ ।
केन्द्र मोशनले गायक तथा संगीतकार एकदेव लिम्बुसँग नयाँ संझौता गरेको छ । एकदेवलाई केन्द्र मोशनले एक बर्षका लागि संझौता गरेको हो । एक बर्षमा एकदेवले ५ वटा गीत सार्वजनिक गर्नेछन् । गीतको तयारीका लागि केन्द्रले एकदेवलाई २० लाख रुपैयाँ उपलब्ध गराउनेछ । साथै, आम्दानीबाट पनि एकदेवले केही शेयर पाउनेछन् ।
एकदेवले नेपाली सांगीतिक फाटमा एकपछि अर्काे हिट गीतहरु पस्रिहेका छन् । तिम्रो मुटुमा …, क्या राम्री…, तिमी आयौं…., मेरी सानी…केही ज्यादा..लगायतका गीतहरु हिट छन् । अहिले उनको च्यान्टी मायालु… बोलको गीत दर्शकहरुले औधी मनपराएका छन् ।
केन्द्र मोशनले एकदेवसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरेको छ । नेपाली सांगीतिक क्षेत्रमा कलाकार तथा सर्जकलाई केही समयका लागि संझौता नै उपलब्ध गराएर अगाडि बढेको केन्द्र मोशनसँग जोडिन अन्य कलाकार पनि इच्छुक देखिएका छन् ।