दिपक लिम्बुको 'परदेशी आशु पिउछ...' सार्वजनिक - Crazysaptahik.com

दिपक लिम्बुको ‘परदेशी आशु पिउछ…’ सार्वजनिक

क्रेजी साप्ताहिक
पथरी–
नेपाली गीत संगीतको दरीलो खम्बा दिपक लिम्बुको आवाजमा रहेको ‘परदेशी आशु पिउछ…’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार गायक लिम्बुले आफ्नै अफिसीयल युट्युव च्यानल ‘दिपक लिम्बु’ मार्फत सो म्यूजिक भिडियोलाई सार्वजनि गरेका हुन् ।

परदेशीको पिडा समेटिएको गीतका शब्दकार अजय बराल हुन् । गीतमा उत्तम जंग लिम्बुको म्युजिक, सबिन लिम्बुको एरेन्ज रहेको छ भने, गीतलाई किंग स्टुडियो मार्फत रेकर्ड गरीएको हो ।

सो गीतको म्यूजिक भिडियोमा अर्जुन पौडेल, अन्जु रिजाल, सुभास खरेल, ईस्वर बुढाथोकी फिचरीङ छन् । सुशिल अधिकारीले छायंकन गरेको भिडयोलाई मुहा मगरले सम्पादन गरेका हुन् । भिडियोलाई मैसम परिर्वतन याक्थुम्बाले निर्देशन गरेका हुन् ।

भिडियो:

सम्बन्धित खवर