साफमा हारे मेरो गल्ती, जिते श्रेय खेलाडीलाई : अलमुताइरी - Crazysaptahik.com

साफमा हारे मेरो गल्ती, जिते श्रेय खेलाडीलाई : अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टिम अहिले साफ च्याम्पियनसिपको तयारीमा छ । साफ अक्टोबरमा माल्दिभ्समा हुँदैछ । त्यसअघि भारतसँग सेप्टेम्बरमा घरेलु मैदानमा दुई खेल खेल्नेछ ।हाल पोखरामा नेपालले तयारी गरिरहेको छ ।

त्यसै अवसरमा नेपाली टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)को मिडियासँग कुरा गर्दै साफ जित्न नसके आफ्नो गल्ती हुने र जितेमा खेलाडीलाई श्रेय जाने बताए । ‘नेपालले अहिलेसम्म साफ जित्न सकेको छैन ।

त्यसैले साफ हाम्रा लागि धेरै महत्वपूर्ण छ । तर खेलाडीलाई दबाब नदिऔं । यदि साफमा हा¥यौं भने मेरो गल्ती हुनेछ । जित्यौ भने सबै श्रेय खेलाडीलाई जानेछ ।’ प्रशिक्षक अलमुताइरीले यसअघि पनि बारम्बार नेपालले साफ जित्नुपर्ने बताउँदै आएका छन् ।

यस पटक पाँच टिम मात्र सहभागी भएकोले सिंगल राउण्ड रोविन लिगपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । नेपालले अहिलेसम्म साफको फाइनलमा समेत स्थान बनाउन सकेको छैन । त्यसले पहिलो लक्ष्य नेपालको फाइनल पुग्ने नै हुनेछ । १३औं संस्करणको साप अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुनेछ ।

जहाँ नेपालले पहिलो खेलमै घरेलु टोलीसँग खेल्नेछ । पहिलो खेल जहिले पनि कठिन नै हुन्छ । त्यसैले प्रशिक्षक पनि यसबाट सचेत छन् । ‘साफको पहिलो खेलमा माल्दिभ्ससँग खेल्दैछौं । यो हाम्रो लागि कठिन खेल हो ।

किनभने माल्दिभ्स आयोजक हो र साथै डिफेन्डिङ च्याम्पियन पनि हो । उनी उपाधि रक्षामा लाग्नेछन् ।’ नेपालले अक्टोबर १ (असोज १५) मा माल्दिभ्संग उद्घाटन खेल खेल्दै साफको यात्रा सुरु गर्नेछ ।

त्यसपछि अक्टोबर ३ (असोज १७) मा श्रींलकासंग खेल्नेछ । अक्टोबर ८ (असोज २२) मा भारतसँग र अक्टोबर ११ (असोज २५) मा बंगलादेशसंग खेल्नेछ ।

नेपाल पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमा भएको साफमा सेमिफाइनलबाटै बाहिरिएको थियो । उपाधिको दाबेदार रहेको नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित भएको थियो ।

यस पटक नेपालको त्यो हारको बदला उसकै घरमा समेत लिन चाहन्छ । पछिल्लो साफ पछि नेपाल र माल्दिभ्स साफमै फेरि भिड्न लागेका हुन् । नेपालले साफअघि दशरथ रंगशालमा भारतसँग सेप्टेम्बर २ र ५ (भदौ १७ र २० गते) मा मैत्रीपूर्ण खेल खेल्दैछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.