शब्द थिएटरको आयोजनामा चलचित्र समीक्षा कार्यक्रम - Crazysaptahik.com

शब्द थिएटरको आयोजनामा चलचित्र समीक्षा कार्यक्रम


ईस्वर दुलाल
पथरी–
  पथरी शनिश्चरेमा स्थापित शब्द थिएटर द्वारा चलचित्र समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम शनिबार पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १० मा रहेको बाल नमुना बिद्या मन्दिरमा आयोजना भएको थियो ।

कार्यक्रममा बिराटचौक बाट सबिन कट्टेल (निर्देशक तथा कलाकार), सुदिप जंग कार्की निर्देशक तथा कलाकार, संजय मुडियारी कलाकार झोराहाट थिएटर, शब्द थिएटरका कलाकार सदस्यहरु, समाज सेवीहरु तथा स्थानीयहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै शब्द थिएटरका निर्देशक जिवन बरालले भने, ‘समिक्षा कार्यक्रमबाट हामीले धेरै ज्ञान बटुल्न सक्छौ । कोरोना भाईरसका कारण अन्य कार्यक्रमहरु नभएका बेला यस्तो कार्यक्रमले तपाई हाम्रो दिमाग फ्रेश पार्न तथा कला सम्बधिका ज्ञान हासील गर्न सकिने छ ।’

चलचित्र समीक्षा कार्यक्रममा छिरीङ सीतार सेर्पा निर्देशित उमा फिल्म प्रदशन गरीएको थियो । कार्यक्रममा बोल्दै शब्द थिएटरका अध्यक्ष पर्शुराम न्यौपानेले भने, ‘शब्द थिएटरले कला सम्बन्धि यस्ता कार्यक्रमहरु गर्दै जानेछ । साथै थिएटरले प्रत्येक महिनाको पहिलो सनिबार चलचित्र समिक्षा कार्यक्रम राख्ने छ ।’ सो कार्यक्रमलााई शब्द थिएटरका सचिव सरोज तिम्सिनाले संन्चालन गरेका थिए ।

सम्बन्धित खवर