बार्सिलोना बराबरीमा रोकियो - Crazysaptahik.com

बार्सिलोना बराबरीमा रोकियो

स्पानिस ला लिगामा बार्सिलोना एथ्लेटिक विल्वाओसँग १–१ को बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा विल्वाओले सुरुआती अग्रता लिए पनि बार्सिलोनालेले गोल फर्काउँदै खेल बराबरी गरेको हो ।

घरेलु मैदानमा इनिगो मार्टिनेजले ५०औं मिनेटमा गोल गर्दै विल्वाओलाई अग्रता दिलाएका थिए । उनले इकर मुनियनको पासमा गो गरे । ७५औं मिनेटमा मेम्फिस डिपाएले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । उनले सर्जी रोवर्टोको पासमा गोल गरे ।

इन्जुरी टाइममा बार्सिलोनाका एरिक गार्सियाले रातो कार्ड पाएका थिए । यस सिजन पहिलो बराबरी खेलेको बार्सिलोनाको २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ ।

यस्तै अलाभेजलाई १–० ले पराजित गर्दै पहिलो जित हात पारेको मालोर्काको पनि ४ अंक छ र दोस्रो स्थानमा छ । अर्को खेलमा भ्यालेन्सियाले ग्रानडासँग १–१ को बराबरी खेलेको छ । भ्यालेन्सिया पनि ४ अंकसहित तेस्रो स्थानमा छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.