इन्टरको विजयी सुरुआत - Crazysaptahik.com

इन्टरको विजयी सुरुआत

इटालियन सिरी ए को साविक विजेता इन्टर मिलानले नयाँ सिजनमा सुखद सुरुआत गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको पहिलो खेलमा इन्टलर जेनोअलाई ४–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा यन्टरले दुवै हाफमा समान दुई गोल गरेको थियो ।

खेलको छेटौं मिनेटमै मिलान स्क्रिनिएरले हाकन चाल्हनोग्लुको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । १४औं मिनेटमा हाकनले एडेन जेकोको पासमा गोल गर्दै अग्रता दोब्बर पारे । ७४औं मिनेटमा अर्टुरो भिदालले निकोलो बरेयाको पासमा गोल गरे ।

यस्तै जेकोले ८७औं मिनेटमा भिदालको पासमा गोल गरेपछि इन्टरले ४–० को सहज जित हात पारेको हो । सिरी ए कै अन्य खेलमा लाजियोले एम्पोलीलाई ३–१ ले, एनलान्टाले टोरिनोलाई २–१ ले र ससुलोले भेरोनालाई ३–२ ले पराजित गरेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.