जर्मनीमा पिज्जा डेलिभरी गरिरहेका छन् अफगानी मन्त्री - Crazysaptahik.com

जर्मनीमा पिज्जा डेलिभरी गरिरहेका छन् अफगानी मन्त्री

एजेन्सी । अफगानिस्तानका पूर्व सूचना मन्त्री सैयद अहमद शाह सआदत जर्मनीमा पिज्जा बेचिरहेका छन् । पिज्जा कम्पनीको लुगा लगाएकमा उनी जर्मन शहर लिपजिगमा साइकलमा यात्रा गर्दै पिज्जा डेलिभरी गरिरहेका छन् । उनले सूचना मन्त्रीको रुपमा आफ्नो कार्यकालमा अफगानिस्तानमा सेल फोन नेटवर्कलाई बिस्तार गरेका थिए । पछि उनी अफगानिस्तान छोडेर जर्मनी आएका थिए ।

अलजजीरालाई उद्धृत गर्दै सआदतले दिएको जानकारी अनुसार उनले अघिल्लो वर्ष मात्रै सूचनामन्त्रीको पदबाट राजीनामा दिएका थिए । उनका र राष्ट्रपति अशरफ गनीबीच थुप्रै विषयमा मतभेद थिए । राजीनामा दिएर उनी केही समय देशमा नै बसे र डिसेम्बरमा जर्मनी गए । सुरुमा सबैकुरा राम्रै रह्यो तर पैसाको कमी हुन थालेपछि उनले पिज्जा डेलिभरी बोय बन्ने निश्चित गरे । डेलिभरीको काम गर्नमा आफूलाई कुनै किसिमको लज्जा र संकोच नभएको बताएका छन् ।

तालिबानले बनायो नयाँ सरका रः

तालिबानले मंगलबार आफ्नो अन्तरिम सरकारका थुप्रै मन्त्रीबारे घोषणा गरेको छ । यसमा रोचक कुरा के छ भने संगठनले कुनै समय तालिबानको कट्टर विरोधी रहेका गुल आगा शेरजईलाई अर्थमन्त्री नियुक्त गरेको छ । शेरजई सुरुमा कंधार र त्यसपछि नंगरहारका गभर्नर भएका थिए ।

सम्बन्धित खवर