अफगानी क्रिकेटर रासिद खान भन्छन्– अफगानीलाई मार्न बन्द गर - Crazysaptahik.com

अफगानी क्रिकेटर रासिद खान भन्छन्– अफगानीलाई मार्न बन्द गर

अफगानिस्तानका युवा क्रिकेटर रासिद खानले विश्व समुदायसँग अफगानिस्तानको हिंसा अन्त्यको लागि अग्रह गरेका छन् ।  उनले भनेका छन्– अहिले पुनः काबुलमा रगत बगिरहेको छ । कृपया, अफगानीलाई मार्न बन्द गर ।’ बिहीबार काबुल विमानस्थलमा भएको बम विष्फोटको घटनालाई लक्षित गर्दै रासिद खानले यस्तो प्रतिक्रिया दिएका हुन् ।

बिहीबार विमानस्थलमा भएको उक्त आक्रमणमा परी अहिलेसम्म ९० जनाको मृत्यु भएको छ । जसमध्ये १३ जना अमेरिकी सैनिक छन् । यो आक्रमणको तालिबानले भत्र्सना गरेको छ । तालिबानले यो आक्रमण अमेरिकी सेनाको नियन्त्रणमा रहेको स्थानमा भएको बताएको छ ।

यसअघि अगष्ट १० मा रासिद खानले विश्व समुदायलाई अफगानिस्तानलाई समस्यामा छाड्न नजान आग्रह गर्दै ट्वीट गरेका थिए । उनले अफगानिस्तानमा प्रत्येक दिन निर्दोष मानिस, बालबालिका र महिला मारिइरहेको, घर र सम्पत्तिहरु ध्वस्त भइरहेको भन्दै उनले यो अवस्थामा अफगानिस्तानलाई नछाड्न उनले विशव समुदायलाई अपिल गरेका थिए ।

उनले आफूहरुले शान्ति चाहेको उनको भनाइ थियो । तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै आगाम महिना तय गरिएको अफगानिस्तान र पाकिस्तानबीचको एकदिवसीय क्रिकेट अर्को वर्षसम्मका लागि स्थगित गरिएको छ । तालिबानले पुरुष क्रिकेट टोलीमा कुनै किसिमको हस्तक्षेप नगर्ने बताएको छ । तर, महिला खेलकूद के हुन्छ भन्ने स्पष्ट भइसकेको छैन ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.