
क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरे नगर क्षेत्रमा कोरोना भाइरस विरुद्धको पहिलो मात्राको कोभिशिल्ड खोप लगाएका ६५ वर्ष माथिका ज्येष्ठहरुका लागि ३, ५, ६, ७, ८ र १० मा आइतबार खोप लगाउने काम भएको छ ।
वडा नम्बर ३ र ७ का लागि आधारभूत स्वास्थ्य सेवा केन्द्र किरातीचोकमा, ८ का लागि शनिश्चरे स्वास्थ्य चौकी र १० का लागि वडा कार्यालयमा खोप लगाइएको छ । सो दिन हसन्दह स्वास्थ्य चौकीमा वडा नम्बर ५ र ६ का लागि दोस्रो मात्रा छुट भएकाहरुलाई खोप लगाइएको छ ।
कोभिशिल्ड खोप लगाएकाहरुका लागि दोस्रोका मात्राका रुपमा सरकारले व्यवस्थापन गरेको फरक कम्पनीको एष्ट्राजेनिका खोप लगाइएको हो ।
आज (सोमबार) भदौ १४ गते शनिश्चरे स्वास्थ्य चौकीमा वडा नम्बर ९ र सो क्षेत्रका दोस्रो मात्रा छुट रहेका तथा नगर अस्पतालमा पनि दोस्रो मात्रा छुटका लागि खोप लगाउने कार्यक्रम तय भएको छ । पहिलो मात्राको कोभिशिल्ड खोप लगाउनेको संख्या २ हजार ७ सय रहेको छ ।
भदौ १२ गते पहिलो दिन वडा नम्बर १ का लागि आधारभूत स्वास्थ्य सेवा केन्द्र पथरी, २ का लागि नगर अस्पताल, ४ का लागि शनिश्चरे स्वास्थ्य चौकी, ५ का लागि स्वास्थ्य चौकी हसन्दह र ६ का लागि आधारभूत स्वास्थ्य सेवा केन्द्रमा खोप लगाउने काम भएको थियो ।
यस्तै, साउन १२ र १३ गते भेरोसिलको पहिलो मात्रा लगाएकाहरुका लागि पनि भदोै १६ मा यस अघि लगाइएको खोपका लागि तोकिएका खोप केन्द्रमार्फत वडा नम्बर १, २, ४ र ५ मा तथा १७ गते वडा नम्बर ३, ६, ७, ८ र १० नम्बर वडामा दोस्रो मात्राको खोप लगाइने छ । १८ गते दोस्रो मात्राको सवै छुटका लागि नगर अस्पतालमा, वडा नम्बर ९ तथा सो क्षेत्रका छुटका लागि शनिश्चरे स्वास्थ्य चौकीमा र हसन्दह क्षेत्रका छुटका लागि हसन्दह स्वास्थ्य चौकीमा खोप लगाउने कार्यक्रम रहेको छ । खोप लगाउन आउँदा खोप कार्ड अनिवार्य रुपमा ल्याउनु पर्नेछ ।

