पथरीशनिश्चरे ६ र १० मा भीआइए परीक्षण - Crazysaptahik.com

पथरीशनिश्चरे ६ र १० मा भीआइए परीक्षण

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरमा आइतबार वडा नम्बर ६ र १० मा महिलाहरुको पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन भीआइए परीक्षण गरिएको छ ।

नगर प्रमुख दिलिप कुमार राई (दिलिप)को अगुवाईमा वडा नम्बर ६ को मंगलबारेस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा र १० को त्रिवेणीचोक ऐयावारीस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा जाँच सेवा सुरु गरिएको हो । ६ मा १० जना र १० मा ३ जनाको जाँच भएको स्वास्थ्य शाखाका एकराज खत्रीले जनाउनु भयो ।

जसमा कसैको पनि क्यान्सरको समस्या देखिएको छैन । मंगलबारेमा जग्गादाता वीनादेवी ठकूरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । स्वास्थ्यकर्मीका लागि तालिम प्रदान गरेपछि गत असारदेखि विभिन्न वडामा जाँच सुरु भएकोमा हालसम्म २ सय १९ जनाको परीक्षण भएको छ । यो सेवा नगर अस्पताल, शनिश्चरे र हसन्दह स्वास्थ्य चौकी तथा प्रत्येक आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुबाट नियमित रुपमा सञ्चालन गर्न थालिएको छ ।

क्यान्सरको समस्या देखिएकालाई नगर अस्पतालमै उपचारकालागि कोल्ड कगुलेसन थेरापी थालिएको छ । जसको नेतृत्व मेडिकल अफिसर डा. फरिन्दा गुरुङले गर्नुभएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.