एमाले कानेपोखरीले सवै वडामा अगुवा कार्यकर्ता भेला गर्ने - Crazysaptahik.com

एमाले कानेपोखरीले सवै वडामा अगुवा कार्यकर्ता भेला गर्ने

क्रेजी संवाददाता
कानेपोखरी । नेकपा एमाले कानेपोखरी गाउँकमिटिले भदौ मसान्त सम्ममा सवै वडामा अगुवा कार्यकर्ता भेला र जनवर्गीय संगठनको कमिटी विस्तार गर्ने भएका छन् ।

शनिबार नेकपा एमाले कानेपोखरी गाउँ कमिटीको अध्यक्ष दानबहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले ६१ जनाको गाउँ कमिटी सचिवलाय पनि गठन गरेको छ । गाउँ कमिटीमा १ सय ८१ जना सदस्य रहेको थियो । बैठकमा गाउँ कमिटी सदस्य स्वर्गीय तेजबहादुर मगरको शोक प्रस्ताव पनि पारित गरेको थियो ।

कार्यकर्ता प्रशिक्षणमुलक बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य तथ प्रदेश कमिटी सचिव विनोद ढकालले समय सामयिक राजनीतिक, केन्द्रीय कमिटी निर्णय र आगामी पार्टीको कार्ययोजनाको बारेमा बोलेका थिए । यस्तैगरी नेकपा एमाले जिल्ला मोर्चा विभाग प्रमुख तथा पार्टी जिल्ला सचिवलाय सदस्य रुपेश खतिवडाले केपी शर्मा ओली सरकारले गरेको जनपक्षीय कामका बारेमा बोलेका थिए ।

जिल्ला पार्टी सल्लाहकार संयोजक ताराबहादुर काफ्ले र जिल्ला सचिवलाय सदस्य राजमती इङ्नाम, जिल्ला सदस्य भोला अधिकारीले सुम्कुम्बासी समस्या र आयोग विघटनको बारेमा, वडा र वडाको टोल टोलमा गई सवै जनवर्गीय संगठन विस्तार गरी मजवुद बनाउने बताएका थिए ।

कार्यक्रमको स्वागत मन्तव्य गाउँ पार्टी सहसंयोजक सुशिल बुढाथोकीले गरेका थिए भने कार्यक्रम संचालन पार्टी सचिव चरण गुरुङले गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.