क्रेजी संवाददाता
पथरी । गायक विनोद राईको सुमधुर स्वरमा सजिएको ‘आउन माया बस यतै तिर…’ बोलको गीतको म्यूजिक भिडियो युट्युवमा राखिएको छ ।
एसथ्रिके इन्टरटेण्डमेन्ट मार्फत् सो गीतलाई सार्वजनिक गरिएको हो ।
गीतमा रुपेश डागनको शब्द÷संगीत रहेको छ भने देबेश राईले रेकडिस्ट÷एरेन्ज÷मिक्सीङ÷मास्टरिङहेको जिम्मा लिएका छन् भने सो गीतलाई आफ्नल स्टुडियो मार्फत् रेकर्ड गरिएको हो । सो गीतकोे म्यूजिक भिडियोमा गम्भीर बिष्ट र बिना राउत फिचरिङ छन् । उनीहरुलाई सुरज माझी, सोमु गुरुङ, रफ्तार पौडेल, सायन नेपालीले नृत्यमा साथ दिएका छन् । नृत्य संयोजन हरि अधिकारीले सम्हालेका छन् ।
सुबोल थापा कोरियोग्राफर रहेको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन र नबिन निरौलाले सम्पादन गरेका हुन् । गीतको भिडियोको निर्देशन गम्भीर बिष्टले गरेका हुन् ।
म्यूजिक भिडियो हेर्नुहोस् :-