
क्रेजी संवाददाता
इटहरी । इटहरीबाट एक महिला हराएकी छन् । इटहरीबाट भाद्र १२ गते देखि २० बर्षिया दुर्गा गिरी हराएकी हुन् ।
सुनसरी धरान –६ घर भएकी उनी इटहरी–४ मा डेरामा बस्दै आएकी थिइन् । भाद्र १२ गते कोठाबाट कोही कसैलाइ जानकारी नगराई निस्कीएको तर अहिले सम्म नफर्कीए पछि परिवारले उनको जोखि थालेका छन् । इलाका प्रहरी कार्यालय इटहरीले समेत खोजिकार्यमा सहयोग गर्न आग्रह गर्दै तस्वीर सार्वजनिक गरेको छ ।
कोही कसैले देखेमा निजको अभिभावककोसम्पर्क नम्बर ९८२४३२१९६९,९८११०४०७९२ मा वा नजिकको प्रहरी कार्यालयमा खवर गरीदिन अनुरोध गरिएको छ ।

