वेस्ट इन्डिजसँग भारत ५ विकेटले पराजित - Crazysaptahik.com

वेस्ट इन्डिजसँग भारत ५ विकेटले पराजित

वेस्ट इन्डिजले दोस्रो टी २० खेलमा भारतलाई ५ विकेटले पराजित गर्दै पाँच खेलको शृंखला १(१ को बराबरीमा पुर्‍याएको छ । १३९ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९।२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । ओपनर ब्रेन्डन किंगले सर्वाधिक ६८ रन बनाए । भारतका अर्शदीपसिंह, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, आवेश खान र हार्दिक पाण्डेयले एक एक विकेट लिए ।

त्यस अघि टस हारेर पहिला ब्याटिङ गरेको भारत १९।४ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटियो । भारतका हार्दिक पाण्डेयले सर्वाधिक ३१ रन बनाए । यस्तै, रविन्द्र जडेजाले २७ र ऋषभ पन्तले २४ रनको योगदान गरे ।

बायाँ हाते तीव्र गतिका बलर ओबेद म्याककोयको कीर्तिमानी ६ विकटसँगै भारतका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् । यसअघि पहिलो खेलमा भारत ६८ रनले विजयी भएको थियो ।

सम्बन्धित खवर