खेल मैदानमै किरणले गरे प्रेमिकालाई प्रपोज - Crazysaptahik.com

खेल मैदानमै किरणले गरे प्रेमिकालाई प्रपोज

नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले खेल मैदानमा प्रेमिकालाई प्रेम प्रस्ताव राखेका छन्। माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले उपाधि उचालेको स्थानमा प्रेमिका कन्चन निरौलालाई प्रेम प्रस्ताव राखेका हुन् । इन्स्टाग्राममा भिडियो सेयर गर्दै उनले आफूले यो पल जीवनको अन्तिम समयसम्म पनि नभुल्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘मैले तिमीलाई रोजेँ, तिमीलाई नै रोज्नेछु र रोजिरहनेछु, कुनै विराम बिना, कुनै शङ्का बिना, मुटुको धड्कनमा । म तिमीलाई नै रोजिरहनेछु ।’उनले थपेका छन्, ‘मेरो जीवनमा बहार बनेर आइदिएकोमा तिमीलाई धन्यवाद दिन चाहन्छु । मेरो जीवनको उतार चढावमा पनि तिमीले मलाई सधैँ साथ दियौ, हाँस्न सिकायौ । साँच्चै भन्नुपर्दा म असाध्यै खुसी छु । आहा कति मिठो पल, यो दिनलाई मेरो अन्तिम साससम्म बिर्सने छैन ।’

कन्चनले किरणको प्रेम प्रस्ताव स्वीकार गरेकी छिन् । अहिले मैदानमा नै किरणले प्रेम प्रस्ताव राखेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । एयर होस्टेज रहेकी कन्चन र किरण पछिल्लो डेढ वर्षयता डेट गरिरहेका थिए । धिवेही प्रिमियर लिगमा किरण उत्कृष्ट गोल रक्षक घोषित भएका छन् । किरण आबद्ध माजिया स्पोट्र्स एण्ड रिक्रिएसनले उपाधि जितेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.