नेपाली टिममा परिवर्तन, बंगलादेशविरुद्धको खेलमा सन्दीप पनि खेल्ने - Crazysaptahik.com

नेपाली टिममा परिवर्तन, बंगलादेशविरुद्धको खेलमा सन्दीप पनि खेल्ने

साफ यु-० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध नेपालले खेलाडी परिवर्तन गरेको छ । भारतको भुवनेश्वर स्थित कालिङ्गा रंगशालामा हुने खेल नेपाली समय अनुसार सवा ४ बजे सुरु हुनेछ । आइतबार राति भारतविरुद्ध मैदान उतारेका मनग्य नकर्मीको स्थानमा मुख्य प्रशिक्षक मेघराज केसीले सन्दीप कार्कीलाई नै फर्काएका छन् ।

सन्दीपले त्यसअघिका दुई खेलमा पनि पहिलो रोजाइमा स्थान बनाएका थिए । भारतविरुद्ध ८-० को पराजय भोग्दा पहिलो रोजाइमा परेका अन्य १० खेलाडीले भने टिममा यथावत छन् । नेपालले राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको शीर्ष दुईमा रहँदै फाइनल पुग्न नेपालका लागि आजको खेल महत्त्वपूर्ण छ ।  यसअघिका तीन खेलबाट ६ अंक जोडेको नेपालले आजको खेलमा तीन अंक हासिल गरे बंगलादेश समान ९ अंक बनाउने छ ।

यदि, आज नेपालले खेल जितेर मात्रै पुग्दैन । हेड टु हेडमा बलियो हुन कम्तिमा ५–० को जित निकाल्नु पर्नेछ । मंगलबार नै हुने अर्को खेलमा भारत र माल्दिभ्स आमने-सामने हुँदा त्यो खेलको नतिजाले पनि नेपालको यात्रामा प्रभाव पार्नेछ ।

नेपालको प्लेइङ सेटः

गोलकिपरः ईश्वर गुरुङ

डिफेन्डरः अजय चौधरी, अमर श्रेष्ठ, अभिषेक वाइवा, सुमित श्रेष्ठ

मिडफिल्डरः आशिष राई, दिपेश गुरुङ, सन्दीप कार्की

फरवार्डः सुगम सुवाल, कृतिश रत्न छुन्जु, आयुष घलान

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.