वाल्मीकिमा एसईई परीक्षा उत्तिर्ण विद्यार्थीहरूलाई बधाई, बिदाई तथा शुभकामना कार्यक्रम - Crazysaptahik.com

वाल्मीकिमा एसईई परीक्षा उत्तिर्ण विद्यार्थीहरूलाई बधाई, बिदाई तथा शुभकामना कार्यक्रम


भूमिप्रसाद पाठक
पथरीशनिश्चरे , २१ साउन
मोरङ्गको पथरीशनिश्चरे –२ स्थित वाल्मीकि मेमोरियल सेकेण्डरी बोर्डिङ्ग स्कुलले २०७८ शैक्षिक सत्रका एसईई परीक्षा उत्तिर्ण भएकालाई बधाई, बिदाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । हिजो शुक्रबार सिन भिलेज पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रममा मोरङ्ग जिल्ला प्याव्सन सदस्य उपेन्द्र कंँडेल र पथरीशनिश्चरे नगर सचिव सन्तोष बस्नेतले यस विद्यालयको शैक्षिक सत्र –२०७८ को एसईई परीक्षामा यस क्षेत्रकै उत्कृष्ट नतिजा हासिल गरेको भन्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।

विद्यालयका शिक्षक– अभिभावक संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले अध्यक्षता गर्नुभएको कार्यक्रममा विभिन्न जातजातिको संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका संस्थापक तथा निर्देशक नवोलकिशोर खनाल, शिक्षकत्रय महेन्द्र ढुंगाना, दिनेश बराल र दिपक वराईली लगायतले अभिभावकहरूको उपस्थितिमा विद्यार्थीहरूलाई मायाको चिनो ( २१ औं संस्करण अंकित विद्यार्थीहरूको सामूहिक फोटो) प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका शिक्षक टंकप्रसाद भट्टराईले ९४ जना विद्यार्थहरूको नाम जोडिएको कविता वाचन गर्दै स्वागत मन्तव्य राख्नु भएको थियो। साथै, कार्यक्रमको संचालन विद्यालयकी शिक्षिका मिना तामाङले गर्नुभएको थियो भने २१ औं संस्करणमा त्रिसा विष्ट –३.८५ जीपिए, तपस्या अधिकारी – ३.८० जीपिए, र यूना धिमाल – – ३.८० जीपिए ल्याएर सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल भएको विद्यालयका निर्देशक खनालले जानकारी दिनुभयो।

यसैगरी, यस शैक्षिक सत्र–०७८ मा ९४ जना परीक्षार्थी मध्ये ३.६ जीपिए भन्दा माथि १३ जना, ३.२ जीपिए भन्दा माथि २९ जना , २.८ जीपिए भन्दा माथि २४ जना, २.४ जीपिए भन्दा माथि २४ जना , २.० भन्दा माथि २ जना र २.० भन्दा तल २ जनाले नतिजा हासिल गरेको विद्यालयका प्रिन्सिपल चन्द्रप्रसाद दुलालले बताउनुभयो।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.