पथरीकी दिपा भारतीय क्लबमा अनुबन्धित - Crazysaptahik.com

पथरीकी दिपा भारतीय क्लबमा अनुबन्धित

काठमाडौं । नेपाल पुलिस क्लब तथा राष्ट्रिय टोलीकी मिडफिल्डर दिपा न्यौपाने भारतीय क्लबमा अनुबन्धित भएकी छिन् ।

मिडफिल्डर दिपाले केरेला महिला लिगका लागि भारतीय क्लब डन बस्को एफएसँग सम्झौता गरेकी छिन् । दिपा प्रतियोगिताका लागि आज दिउँसो १ः२५ मा भारत प्रस्थान गर्ने छिन् ।

दिपाले खेल्ने केरेला महिला लिग आजबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरेला र केरेला युनाईटेड भिड्ने छन् ।

दिपा आवद्ध डन बस्कोले आफ्नो पहिलो खेलमा भोलि लर्ड्स पीआरविरुद्ध खेल्नेछ । केरेला लिगको विजेता महिला आई लिगमा प्रवेश गर्नेछ ।

गोकुलम केरेला, केरेला ब्लास्टरर्स, केरेला युनाईटेड जस्ता क्लबहरुले खेल्ने महिला लिगमा पछिल्लो वर्ष डनबस्को दोस्रो भएको थियो । गोकुलम केरेला पहिलो हुँदै इन्डियन महिला लिगमा छनौट भएको थियो ।
–खेलपाटी

सम्बन्धित खवर