एसीसी एसिया कप क्रिकेटको क्वालिफायरका खेलहरु ओमानमा आयोजना हुने भएका छन् । एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रतियोगिता ओमानमा आयोजना हुने जनाएको छ ।छनोट प्रतियोगिता २० अगस्टबाट २४ अगस्टसम्म चल्नेछ ।
प्रतियोगितामा सिंगापुर, युएई, हङकङ र कुवेत सहभागी हुनेछन् । सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् र शीर्ष स्थानको टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप अगस्ट २७ बाट यूएईमा सुरु हुदैछ ।