ला लिगा : रियल मड्रिडको विजयी सुरुवात - Crazysaptahik.com

ला लिगा : रियल मड्रिडको विजयी सुरुवात

साविक विजेता रियल म्यड्रिडले ला लिगा २०२२\२३ सिजनमा विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा रियलले अल्मेरियाबिरुद्ध पुनरागमन सहित २–१ को जित निकाल्यो । १–० ले पछि परेको रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक–एक गोल गरे ।

अल्मेरियाका लार्जी रामाजानीले सुरुवाती अग्रता बनाए पनि जोगाउन सकेन । जितसँगै लगातार उपाधि जित्ने योजनामा रहेको साविक विजेता रियलले महत्त्वपूर्ण तीन अंक जोड्यो । गय राति भएको खेलमा क्याटलान क्लब बार्सिलोना भने बराबरीमा रोकिएको थियो

सम्बन्धित खवर